सोमबार ०७ आषाढ २०७८

###काठमाडौं – सप्तरीको हनुमाननगरमा बालविवाह गराउनमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कंकालिनी नगरपालिका–१४ की १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय विनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

उनीहरुलाई बालविवाह गराउनमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा बालविवाह भइरहेको भन्ने सूचनाका आधारमा रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


Last Updated on: January 19th, 2021 at 2:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया