बुधबार ०३ कार्तिक २०७८

###कति बच्चा आक्रमक स्वभावका हुन्छन्। सानोतिनो कुरामा चाडै रिसाउने र प्रतिक्रिया दिने गर्छन्। उनीहरु आफ्नो जिद्दी छाड्दैनन्। यस्तो बच्चाको रिसलाई कावुमा राख्नु आमाबुवाको निम्ति टाउको दुखाईको बिषय बन्छ।

बच्चाहरु रिसाउनु स्वभाविक हो, आक्रमक हुनु पनि स्वभाविक हो। तर, यो क्षणिक हुनुपर्छ । यदि कुनै बच्चा लामो समय रिसाउँछ।

वा धेरैजसो समय रिसाइरहेका हुन्छन् भने त्यसले समस्या निम्त्याउँछ। कति बच्चा त यति आक्रमक हुन्छन् कि, जो कोहिसँग हात उठाउँछन्। जे भेट्यो त्यसैले हिर्काउने गर्छन्। खेलौना तोड्छन्। यस्ता बच्चालाई कसरी नियन्त्रण गर्ने त ?

(बच्चासँग रिस नदेखाउने ?)

बच्चा रिसाएको अवस्थामा अभिभावक शान्त रहनुपर्छ। रिसाएको बच्चालाई कुटेर वा डर देखाएर तह लगाउँने प्रयासले अन्ततः बच्चा थप आक्रमक हुन्छ। बच्चालाई अभिभावकले आफ्नो रिस, आवेग देखाउनु हुन्न।


Last Updated on: January 19th, 2021 at 3:46 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया