आइतबार १७ साउन २०७८

###भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप दिने निर्णय गरेको छ ।

भारतको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशसहित छिमेकी मुलुकलाई सीमित संख्यामा कोरोना खोपको डोज दिने निर्णय गरेको भारतीय सञ्चार माध्यम अमरउजालाले उल्लेख गरेको छ ।

सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोप नेपाल, भुटान, सेसल्स, अफगानिस्तान र बंगलादेशलाई दिने निर्णय गरेको सो बैठकले मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मालद्वीप र मरिसियसलाई भारत बायोटेक कम्पनीले उत्पादन गरेको खोप पठाउने निर्णय गरेको छ।

यही जनवरी १६ बाट कोरोनाविरुद्धको खोप लगाउने अभियान गरेको भारतले छिमेकी मुलुकलाई दिने निर्णय गरेको हो । हालै नेपालमा सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको अनुमति पाएको थियो ।


Last Updated on: January 19th, 2021 at 3:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया