बिहिबार २१ साउन २०७८

###७ माघ, काठमाडौं । नेपाली नम्बर वान टेनिस खेलाडी प्रेरणा कोइराला केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको दोस्रो चरणमा पराजित भएकी छिन् ।

पहिलो चरणको खेलमा जित हात पारेकी प्रेरणा मंगलबार भएको दोस्रो चरणको खेलम भने ग्रेट ब्रिटेनकी खेलाडीसँग पराजित भइन् । प्रतियोगितामा छैटौं वरीयता प्राप्त इमोडेन हाडाडले प्रेरणालाई ६-१, ६-४ ले पराजित गरिन् । प्रेरणाले भने प्रतियोगितामा दशदँ वरीयता प्राप्त गरेकी थिइन् ।

पहिलो चरणमा प्रेरणाले मोजाम्बिककी निकोले माटुकुतिरेलाई ६-१, ६-१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् ।

यस्तै नेपालकी अर्की खेलाडी सलोनी तामाङ भने पहिलो चरणमै फ्रान्सेली खेलाडी क्यारा बेलहाड्जसँग ७-६, ६-३ ले पराजित भइन् । सलोनीले १९औं र क्याराले नवौं वरीयता प्राप्त गरेकी थिइन् ।


Last Updated on: January 20th, 2021 at 7:23 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया