मंगलबार १९ साउन २०७८

मुम्बई ###अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’को रिलिज मितिको विषयलाई लिएर लामो समयदेखि बढिरहेको अन्योलतामा पूर्णविराम लागेको छ ।

सलमानले यसै वर्षको ईदमा फिल्म थिएटरमा रिलिज हुने घोषणा गरेका छन् । गत डिसेम्बर २७ मा आफ्नो जन्मदिनमा सलमानले मौखिक रुपमा यो कुराको जानकारी दिए पनि उनले सामाजिक सन्जालमार्फत एक सूचना जारी गर्दै यसको पुष्टि गरेका हुन् ।

उनले थिएटर सञ्चालकलाई स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने शर्त राखेका छन् ।

‘माफी चाहन्छु । थिएटर मालिकहरुलाई जवाफ दिनमा केही समय लाग्यो । यस्तो अवस्थामा यो निकै ठूलो निर्णय हो । मलाई सम्झन सक्छु कि थिएर मालिक र प्रदर्शक यो समय आर्थिक समस्यामा गुज्रिरहेका छन् । त्यहीकारण राधेलाई थिएटरमा रिलिज गरेर उनीहरुको समस्यालाई कम गर्न चाहन्छु । यसको बदलामा थिएटर मालिक तथा प्रदर्शकले दर्शकको स्वास्थ्यमा ध्यान राख्दै सावधानी अपनाउन आग्रह गर्दछु । प्रतिबद्धता ईदको थियो र २०२१ कै ईद हुनेछ । इन्सा अल्लाह । यो वर्ष इदमा राधेको फाइदा थिएटरमा उठाउनुहोस् ।’ सलमानले ट्वीट गरेका छन् ।

यद्यपि फिल्म रिलिजको तारिख भने खुलाइएको छैन । ‘राधेः योर मस्ट वान्टेड भाइ’को निर्देशन प्रभु देवाले गरेका हुन् । एक्सन थ्रिलर फिल्ममा सलमानका अलावा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पाटनी महत्वपूर्ण भूमिकामा छन् ।

सलमानले कोरियन फिल्म ‘द आउटलज’को हिन्दी रिमेक यो फिल्म जी स्टुडियोलाई २ सय ३० करोडमा बेचिसकेका छन् ।


Last Updated on: January 20th, 2021 at 8:22 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया