शनिबार १८ मंसिर २०७८

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी खोप उपलब्ध गराउने जानकारी दिएका हुन्।

नेपाललाई भारतले कोभिसिल्ड नामक खोप अनुदानमा उपलब्ध गराउने भएको हो । पत्रकार सम्मेलनमा खोप भोलि नेपाल आइपुग्ने जानकारी दिईएको छ । खोप कोरोना महामारीकोविरुद्ध फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षार्मीलाई प्राथमिकता दिइनेछ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृयदेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सम्बोधन गरेका थिए । खोप भारतले नेपाललाई अनुदानमा दिने भएको हो । मन्त्री त्रिपाठीकाअनुसार भारतले दिने भ्याक्सिन भोलि नै नेपाल आईपुग्ने छ । र, खोप अग्रभागमा खटिनेहरुलाई प्राथमिकता दिईने पनि उनले जनाए ।

हिजो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रराष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको ट्वीटरमार्फत् जानकारी दिएका थिए । उनले भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले मानवताका आधारमा भ्याक्सिन प्रदान गर्ने प्रतिवद्धतास्वरुप ७ माघबाट उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।
भारतको विदेश मन्त्रालयले हिजो साँझ विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची समेत प्रकाशित गरेको थियो । जसमा पहिलो नम्बरमा भुटान, दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको थियो ।

भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिने जनाएको थियो ।
भारतमा अक्सफोर्ड एस्ट्रेजेनेकाको भ्याक्सिन पुणेस्थित सेरम इन्टिच्युटले उत्पादन गरेको छ । भारतमा खोपको प्रयोग शुरु भइसकेको छ । लगत्तै उसले मित्रराष्ट्रहरुलाई सहयोगस्वरुप प्रदान गरेको हो ।


Last Updated on: January 20th, 2021 at 4:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया