मंगलबार १९ साउन २०७८

काठमाडौँ । मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ। सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ।

तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ। आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ। जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो।

लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ। यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन।

त्यस्तै, पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ। यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ।


Last Updated on: January 20th, 2021 at 5:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया