बिहिबार २१ साउन २०७८

### । चाडपर्वमा मिठोमसिनो, चिप्लो-चाप्लो, अमिलो-पिरो खाइयो। चाडपर्वमा मिठो-मसिनो खान पनि डराउनुपर्ने ! नभए त पायल्सले सताइहाल्छ।

हो त, अहिले धेरैको साझा पिडा बनेको छ, पायल्स। यो अस्वस्थ्यकर खाना र निस्क्रिय जीवनशैलीका कारण पायल्सको पीडा झेल्नुपरेको छ। जंकफूड, मिठाई, मदिरा, मसलेदार खाना आदि पायल्सको कारण बनेको छ।

पायल्स यस्तो समस्या हो, जसले हाम्रो दिनचर्या नै प्रभावित बनाउँछ।

पाइल्स भएमा मल त्याग गर्दा असहय पिडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाठो वा मासुको डल्लो महसुस हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखिने गर्दछ।

(पायल्सको पीडा)

ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इञ्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ। पायल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ।

जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दवाव सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ । यस्तो अवस्थामा असहय पिडा हुन्छ।

पायल्स दुई प्रकारको हुन्छ, आन्तरिक र बाह्य ।

(आन्तरिक पायल्स)

आन्तरिक पायल्स मलद्वारको भित्री पट्टी दुई/तीन सेन्टिमिटर माथि हुन्छ। आन्तरिक पायल्स पिडारहित हुन्छ ।

(बाह्य पायल्स)

जबकी बाहिरी पाइल्स मलद्धाराको बाहिरी भागको दुई/तीन सेन्टीमिटर तल हुन्छ। मलद्धारको भाहिरी टिस्यूमा मासुको ससाना डल्लो हुने भएकोल भएकोले यो बढी पिडादायक हुन्छ।

तथापी, आन्तरिक पायल्सलाई यसको जटिलता एवं आकारका अनुसार चार ग्रेडमा वर्गीकृत गरिएको छ।

(पहिलो चरण)

यो पायल्सको सुरुवाती स्टेज भएकोले यसलाई सुरुवाती चरण भनिन्छ, जसमा कुनै प्रकारको लक्षण देखिदैन र पिडा पनि हुँदैन । परिणामस्वरुप, यो स्टेजमा विरामीलाई आफूलाई पायल्स भएको छ भन्ने सम्म पनि ज्ञान हुँदैन ।


Last Updated on: January 20th, 2021 at 6:06 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया