आइतबार ३१ आश्विन २०७८

राजा आऊ देश बचाऊ’ को नारा अहिले सडकमा सुनिन थालेको छ । प्रधानमन्त्रीले पार्टी भित्रको किचलोलाई कारण देखाउंदै संसद विघटन गरे पश्चात राजसंस्था पक्षधरहरु खुलेर सडकमा आउन थालेका छन् । तर पूर्व राज परिवार भने जाडो छल्न दमकको टि गार्डेनमा रमाईरहेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह सहित सव-परिवार अहिले दमकमा बसिरहेका छन् । पारस शाह भने परिवारसंग नबसेर छुट्टै बसिरहेका छन् । सडकमा जनताहरुले ‘राजा आऊ देश बचाऊ’ भनिरहदा पूर्व राज परिवार नै एक ढिक्का नहुँदा राजसंस्था फर्किने हो कि नफर्किने भन्ने अन्योलमा छन् । राजा आऊ भनिरहँदा को हुने राजा भन्ने तर्क नै राजावादी अभियानमा हिंडेका अभियन्ताहरुले भन्न सकेका छैनन् ।

हिमानी शाह र पारस शाहको सम्बन्ध सुमधुर नहुँदा परिवार एक ढिक्का हुन नसकेको हो । पारस शाह एक्लै साथीहरु संग बाँचिरहेका छन् भने हिमानी शाह छोराछोरीका साथ बसिरहेकी छिन् । हिमानी शाह सामाजिक कार्यमा सक्रिय भएको कारण हिमानी फाउन्डेसनका कार्यक्रमहरुमा प्राय आफ्नो जेठी छोरी पूर्णिका राज्य लक्ष्मी शाहलाई लिएर हिड्ने गरेकी छिन् । हिमानीका प्राय कार्यक्रमहरुमा आजकल आमाछोरी देखिने गरेका छन् । हिमानीले किन छोरीलाई सार्वजनिक कार्यक्रममा लिएर हिंडेको भन्ने कुरा खुलेको छैन तर आफ्नो छोराछोरीलाई जनता सामु पुर्याउने कोशिश भने हिमानीको रहेको देखिन्छ ।

छोरा हृदयेन्द्र शाह पनि बेलाबखतमा सामाजिक कार्यक्रमहरुमा देखिन थालेका छन् । भर्खरै पूर्वमा भएको एक कार्य्रक्रममा हृदयेन्द्र सहित पूर्व राजा ज्ञानेन्द्र शाह देखिएका थिए । सार्वजनिक कार्यक्रममा हिमानी र छोराछोरी देखिए पनि अन्तरक्रिया भने गर्ने गरेका छैनन् । आफू निकटहरुका कुराहरु चाहिं सुन्ने गरेको तर कुनै खालको प्रतिक्रिया जनाउने गरेका छैनन् ।पारस शाह भने घर नफर्केको वर्षौं भएको छ । आधिकारिक कारण नखुले पनि पारस शाहको व्यवहार र उत्तरदायित्वको कमी भएका कारण पूर्व राजाले घरबाट टाढा राखेको हल्ला चलेको थियो । पारस शाह कहिले पोखरा त कहिले काठमाडौमा भेटिने गरेका छन् । प्राय पोखरामा रमाउने गरेका पारसलाई भेट्न छोरा छोरीहरु पोखरा नै जाने गरेको पाईएको छ ।एक दुई महिनाको अन्तरालमा पारसले छोराछोरीसंग भेट्ने गरेका छन् भने बुवा र श्रीमतीसंग नभेटेको धेरै भइसकेको छ । बुवा ज्ञानेन्द्र शाहले भने आफ्ना नजिकका व्यक्तिलाई पारस शाहको हेरचाह गर्न र साथै केही चाहेमा पुर्याउन अराएको पनि बुझिन्छ ।


Last Updated on: January 20th, 2021 at 6:19 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया