मंगलबार ०८ आषाढ २०७८

बलिउड आइटम गर्ल राखी सावन्त एकाएक हट अवतारमा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।


हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन् । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको थियो ।
विवाहको विषयलाई लुकाउँदै आएकी राखीले पछिल्लो एक अन्तर्वार्ताका क्रममा आफूले युरोपमा बस्ने रितेश नाम गरेका व्यक्तिसँग विवाह गरेको बताएकी थिइन् । विवाहपछि राखी निकै उत्साहित देखिएकी छिन् । उनले विवाह गरेका केही तस्वीर पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।
इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय राखीको फ्यान फलोइङ पनि निकै लोभलाग्दो छ । टिकटकमा रमाउने राखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन् ।

 


Last Updated on: January 20th, 2021 at 7:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया