आइतबार ०७ कार्तिक २०७८

###लामो समयदेखि चलचित्र उद्योगबाट गुमनाम भएका निर्देशक दिपक श्रेष्ठले नयाँ चलचित्र बनाउने भएका छन् ।

चलचित्र ‘रङ वे’ निर्देशनपछि कुनै चलचित्र नबनाएका उनी झण्डै ७ वर्षपछि चलचित्र निर्देशनमा फर्किदैछन् । उनले अब चलचित्र घिन्ताङ’ बनाउने भएका छन् । उक्त चलचित्रको अहिले स्क्रिप्टको काम भइरहेको जनाइएको छ ।

यस चलचित्रमा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘अनुराग’बाट अभिनय यात्रा शुरु गरेकी एलिजाले दोस्रो चलचित्र घिन्ताङ मा अभिनय गर्ने भएकी हुन् ।

यस्तै श्रेष्ठले अर्का कलाकार गौरव पहाडीलाई पनि चलचित्रमा ल्याएको बताइएको छ । चलचित्रमा गाउँघरमा बस्ने नेपालीको वास्तविक कथालाई समेटिने बताइएको छ ।


Last Updated on: January 20th, 2021 at 8:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया