आइतबार २६ बैशाख २०७८

काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साथै उपत्यकामा किराना, तरकारी तथा फलफूल लगायतका अत्यावश्यकीय पसल बिहान २ घण्टा मात्रै खोल्न पाइने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो। यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो।

यस्तै, जारी निषेधआज्ञा आगामी वैशाख २९ गतेसम्म थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा सीमित कर्मचारी राखेर चलाउन दिने निर्णय भएको सीडीओ पराजुलीले बताए। अत्यावश्यक सवारीमा अनिर्वाय पासको व्यवस्था गरिएको र पास नभएका सवारीलाई गुड्न नदिने निर्णय भएको उनले बताए।

यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ। ठेलागाडामा सञ्चालित व्यवसाय समेत बन्द गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।


Last Updated on: May 4th, 2021 at 4:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया