आइतबार ३१ आश्विन २०७८

  1. मङ्सिर २२ मा दोस्रो विवाह गरेकी अभिनेत्री श्वेता खड्काले विवाहको पार्टी भने माघ १ मा दिइन्। ठमेलको छाँया सेन्टरमा उनले आफ्नो नयाँ जीवनको खुसी साट्न आफन्त र परिचितहरूलाई डाँकेकी थिइन्। नेपाली फिल्म क्षेत्रकी परिचित नायिका। उनको पार्टीमा सेलिब्रिटीहरुको जमघट त हुने नै भयो।

‘खान्न खान्न लोकाचार खान थाले मानाचार’ यो उखान पछिल्लो समय फिल्म निर्माता तथा कलाकार श्वेता खड्काको जीवनमा चरितार्थ भएको छ । भब्य समारोहका विच दोश्रो विवाह गरेकी श्वेताको विवाह भोज भने डेढ महिना बितिसक्दा समेत रोकिने छाटकाँट देखिएको छैन ।

मेहेन्दी, हल्दी, संगीत लगायतको भारतीय सस्कार पच्छ्याउदै गरिएको उनको विवाहको भोज गनेर नै थाकिने भईयो । विवाह लगत्तै २ परिवारको फरक फरक भोज त ठिकै छ । तर उनी भाेज भतेर खुवाउन रोकिने मुडमा देखिएकी नै छैनन् । हिजो पुन: पत्रकार तथा कलाकारका माझ विवाहको ३८औ दिनमा समेत भब्य भोज आयोजना गरियो ।

श्वेताले अझै कति दिन भोज खुवाउने हुन् ? यो कि त उनलाई थाहा छ कि त उनका पतीलाई । तर काेभिड महामारीकाबिच ३८ दिनसम्म भाेज चलिरहेकाे देख्दा साेध्न मन लागेकाे छ श्वेता जी भोज धेरै भएन र ? उनले राखेका पोस्टहरुमा पनि उनका शुभचिन्तकले राम्रा नराम्रा कमेन्ट गरेका छन् । धेरैले उनलाई अब धेरै पार्टी नगर्न सुझाव दिएका छन् यदि पैसा छ भने बरु गरिवहरुको सेवा गर्नुहोस तर यो नाटक बन्द गर्नुहोस भन्ने सम्म कमेन्ट गरेका छन् ।

सुकुमाया पुन मगरले स्वेताले राखेको फेसबुकमा कमेन्ट गर्दै लेखेकी छन्, हजुर को बिहे रे भन्ने न्युज सुन्दा त खुशी ले गद गद भाको थिए तर अहिले यो नाैटंकी देख्दा चाई दिक्क लाग्छ बिहे गर्नु राम्रो हो नाटक चाइ अत्ति भो के हजुर संङ्ग धन सम्पती छ त्यो दुनियाँ लाई थाहा भाको कुरा हो यो अहिले हजुर को नाटक देख्दा त रिगाटा लागेर आउँछ अब कहिले सकिन्छ हजुर को बिहे…..?

खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिए । उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिए। श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रूपमा निमोनियाले ग्रस्त भनिएपनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ ।

सुभासना उप्रेतीले खड्काले राखेको पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्, श्रीकृष्ण दाईको नाम र दाममा मोज छ । अब त अत्ति भयो के नौटंकी । श्रीकृष्ण दाईको अन्तिम सिनेमा भनेर सबै दर्शकले कोहिनुर सिनेमा हेरिदिए त्यसबाट अरबौँ आईहाल्यो एक सुको पनि श्रीकृष्ण दाईको परिवारले पाएनन् । अनि अर्को कान्छी सिनेमा बिचरा स्वेताले कसरी अभिनय गरिन होला भनेर फेरि दर्शक दयाले गए फिल्म हेर्न त्यसको पनि अरबौं आईहाल्यो के छ र स्वेतालाई अहिले त्यहि पैसामा मस्ति छ । धेरै चुरिफुरी धेरै दिन टिक्दैन है सिस्टर, बिचार पुर्याएस ।

मन्जु मोक्तान तामाङ लेख्छन्, बिहे भन्ने छोरा को भए लगन गर्ने दिन जन्ती जने दिन गरि २ छोरिको भए लिन आउन दिन र पराइ घर पठाउने गरि २ दिन हुन्छ हाम्रो तपाईंको त महिना भर नै बिहे पर्टी भयो यो कस्तो बिहे दिदि ? भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै मिरा बोम्जन लेख्छिन्, मलाई त लाग्छ हाम्रो समाजलाई आफ्नो भात खाएर अरुको कुरा नकाटी भात नै पच्दैन हैन केटाहरु चाहिँ ५/६ को बाउ भएर नि स्वास्नी मर्यो भने स्वास्निको काम भित्रै केटि छान्न थाल्छन अनि एउटा नारी यो उमेरमा एक्लै बसेको हेर्न चाहान्छन मान्छेहरु कस्तो स्वार्थी छन सन्सार जति आफ्नो जीवन जिउन पनि नपाउने धिकार्छ हाम्रो समाजलाई ।

बस्नेत क्रिस लेख्छन्, हुन त यी सब कमेन्ट पढ्दिनौ होलि तर नि सुरुमा त सहानुभूतिनै लाग्थ्यो। अब त २०२० मा भको बिहे २०२१ सम्म नसकिदा चै समचार आएपिछे दिक्क लगायो मानौ यो दुनियाँमा तिमी मात्र एक हौ बिधवा जो दोस्रो बिहे गर्ने। जे कुराको नि हद हुन्छ बाई ।

त्यस्तै मनिषा मनिषा लेख्छिन्, साथ दिन सकेनन दैब ले चूडेर लगे आफु म’रेर गए पनी सुख सुविधा सम्पन्न गरेर छोड़ेका छन श्रीकृष्ण ले सधै गुणासो नगरनु होला खुसी रहनु नया दाम्पत्य जीवन को सुभकामना ।

शिस्मा पटेल लेख्छिन्, अहिले तपाई हिरोईन हुनुछ र हो सबै हाइ गरनि केटा ले केटा को परिवार ले माया गरेका हुन तपाईं यउटा सिमपल केटि बरु धनयबाद दिन चाहुनछ भनि श्रीकृष्ण दाइ लाई ल र वहाँ को परिवारलाई दिनुस आज जति पनि पाउनुभछ सबै को माया श्रीकृष्ण दाइ को कारण ले मिलेको हो र के नभएको भए यसरी केटा ले अपनाउने िथएन र सबै ले हेला गरथे बुझ्िराखनु ।

त्यस्तै राम पौडेल लेख्छन्, हिजोका सम्बन्धहरुको बारेमा यसरी अभिब्यक्ती दिनु तपाईको यो नालायकपन नै हो। आज जे जस्तो भए पनि अतितमा बकेका ती शब्दहरुको पनि सम्मान गर्न सिक्नुस।

प्रकाश लिङ्गदेन लेख्छन्, हरेक कुरा हरू मा स्वार्थ लुकेको हुन्छ दिदी अलि बढी नै भए जस्तो लाग्यो र नि यो चर्तिकला।

त्यस्तै सोझो पुर्बेली गाउले लेख्छन्, अब उप्रान्त श्रिदाईको नाम बेच्न भयन बाकि दाम्पत्य जिबनको धेरै धेरै शुभकामना

त्यस्तै कुशा रावत लेख्छिन, अरु लाई किना डाहा भएको होला रेस्पेशन पाटी दिनु के गल्ती होर स्वेता दिदी ले पैसा देखाएको होर उहाँले जति पैसा छ दिन दुखी गरीब हरु लाई पनि हेर्नु नै भाको छ नी आफ्नो सम्पती आफ्नो लागि खर्च गर्ने नगर्ने उहाँको हात को कुरा हो अरु को किना ठाउँको दुखाई एनीवेव बधाई छ दिदी

त्यस्तै झरना गहतराज बिश्वकर्मा लेख्छिन, गणितको अंक जस्तै हो जिन्दगी जहाँ कति सम्बन्ध जोडिन्छ त कति घटि दिन्छन।।चल्नु त म लाई छदै छ कहिले शुन्य अगि त कहिले पछि पार्नु नै रहेछ जिन्दगी !

त्यस्तै रमेश सोंग्मेंन राइ लेख्छन्, सायद राम्रो नराम्रो टीका टिप्पणीले होला आजकल सम्बन्धको परिभासामा धेरै अल्झिनु भएको देख्छु । नराम्रो कमेन्ट लाई बेवास्ता गरि आफ्नो सम्बन्ध लाई मजबुत बनाएर तपाईंको उदेश्य तर्फ उन्मुख हुनु नै उत्तम होला दि ज्यु ।

त्यस्तै राजकुमार राइ लेख्छन्, अरुलाइ यति बिध्न जलन चाहि किन फेरि?? छुट्टीए पनि संगै बसे पनि तिमिहरुले खान लाउन दिने होइन क्यारे?? उसको दुख काध थाप्ने होइन क्यारे?? उनको ब्यक्तिगत जिबन हो।कुनै अ स्लिल अनि हेर्न नहुने फोटो स्टाटस त हालेकि छैनन त।

आखिर के राखेकी थिइन र स्वेतले उनका फ्यानहरुले यस्तो कमेन्ट गरे ?

उनले जनवरी १६ मा आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेकी थिईन, आफ़्ना ति होईनन जो नाताले प्रमाणित हुनछन आफ़्ना ति हुँन जो तपाइको हर दुःखसुख संग परिचित छन, सके दुःखलाई सुखमा परिणत गर्छ्न.. नसके तपाइलाई दुःखपनी दिदैंनन।

बिहेको अघिल्लो दिन अभिनेत्री खड्काले सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको विचार यस्तो थियो :

विभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली /श्वेता खड्का


Last Updated on: January 21st, 2021 at 10:47 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०८० पटक हेरिएको

तपाईको प्रतिक्रिया