आइतबार २६ बैशाख २०७८

काठमाडौं । चर्चित नर्तक सपना चौधरी सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी आफ्ना फ्यानहरूका लागि तस्विर एवं भिडियोहरू समय समयमा सेयर गरिरहेकी हुन्छिन् ।

उनको नृत्यको भिडियो भने कहिलेकाँही मात्रै हेर्न पाइन्छ । हालै उनले इन्टाग्राम खातामा पहेंलो पोशाकमा आफू नाचिरहेको भिडियो साझा गरेकी हुन् । सपना पहेंलो रंगको लुगामा धेरै सुन्दर देखिएकी छिन् ।

सपना हालसालै रिलीज भएको गीत ‘घाघरा’ मा नाच्दै छिन् । भिडियोमा देखिएको सपनाको नृत्यबारे कुरा गर्दै, फ्यानहरूले उनको नृत्य हेरेपछि सुन्दर टिप्पणी पनि गरिरहेका छन् । सपनाका करीव तीन वटा गीत अप्रिलमा रिलीज भएका छन् ।

भिडियोलाई लाखौंले हेरेका छन् । केही दिन अघि, सपनाले हल्का आकाशे रंगको साडी लगाएको एउटा भिडियो सेयर गरिन् जसमा उनी क्याट वाक गरिरहेकी थिइन् । यस भन्दा पहिले पनि सपना आफ्ना बिभिन्न गीतहरूमा भिडियोहरू बनाउने गर्थिन् ।

विवाहपछि आमा बन्नु भन्दा पहिलेको अवधीपछि उनी पुनः सक्रिय भएकी हुन् । हालसालै सपना चौधरीको नयाँ गीत घाघरा रिलीज भएको छ । छोरालाई जन्म दिए पछि सपना चौधरी लामो समयदेखि कामबाट अलिक टाढा थिइन्, तर अब उनले धेरै गीतहरू ल्याइन् ।

यद्यपि कोरोनाका कारण उनको स्टेज शो अब भइरहेको छैन । सपना चौधरी ति केही हरियाणानी स्टारहरू मध्ये एक हुन्, जसले आफैं नाम कमाईन् ।

आज सपना चौधरीले हरियाणामा मात्र होईन बलिउड चलचित्रहरुमा पनि काम गरिरहेकी छिन् । उनलाई भारतसहित विश्वभरका मानिसहरुले चिन्ने गर्छन ।


Last Updated on: May 4th, 2021 at 7:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया