आइतबार २६ बैशाख २०७८

शर्मिला राई,

धनकुटा । परदेशी भूमीलाई कर्मथलो बनाएका गीतकार एवं निर्देशक बिष्णु विक्रम निरौला एक सञ्चार कर्मी समेत हुन । उनले केही समय अघि रेकर्ड गराएका गीतहरु क्रमशः एक पछि अर्को सार्वजनिक हुने क्रम जारी छ । केही समय अघि “चट्ट कपाल कोरेर” त्यसपछि “माया पलायो” र भर्खरै “गाजल लिपिक्कै” गीत सार्वजनिक गरिसकेका छन र अर्को “क्या हिरो भएछ” गीत सार्वजनिक गर्ने तयारीमा लागेको बताऊछन उनी ।

सार्वजनिक गरिएका ४ वटै गीत सञ्चारकर्मी समेत रहेका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन त्यस्तै यम के निरौलाको संगित र विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको प्रोडक्सन म्यानेजर मोहन राईको भनाई छ । सबै गीतको रिङब्याक टोन पनि एक्टिभ गरिसकिएको र रिङब्याक टोनको कोड भिडियोको डिस्क्रिप्सनमा रहेको समेत राईले जानकारी दिए ।

पुर्वाञ्चल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको ‘गाजल लिपिक्कै’ गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको र सुमन योगीको नृत्यनिर्देशन रहेको ‘गाजल लिपिक्कै’गीतलाई निशान भट्टराईले आबाज दिएका छन, हेर्नुहोस् उक्त गीत


Last Updated on: May 4th, 2021 at 7:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया