शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा जानुका ढकाललाई नियुक्त गरेको छ । यो नियुक्तिमाथी धेरैले प्रश्न उठाएका छन् । पत्रकारले कसरी पाइन् यति ठूलो पद ? सामाजिक सञ्जालभरी प्रश्न उठाइएको छ ।

उपत्यका विकास प्राधिकरण ऐनअनुसार नेपाल सरकारले विशिष्ट श्रेणी वा सो भन्दा माथिको पदमा काम गरिरहेको वा गरिसकेको व्यक्ति वा सम्बन्धित क्षेत्रमा लब्ध प्रतिष्ठित कुनै व्यक्तिलाई प्राधिकरणको कार्यकारी प्रमुखको रूपमा विकास आयुक्तमा नियुक्त गर्ने व्यवस्था छ ।

उनी त्यो श्रेणीमा कसरी परिन् भनेर भनिएको छ । विकास आयुक्तको पदावधि बढीमा पाँच वर्षको हुन्छ । नेपाल सरकारले चाहेमा निजको पदावधि पुनः बढीमा पाँच वर्षको लागि थप गर्न सक्नेछ । यसअघि भाइकाजी तिवारीले लगातार दुई कार्यकाल विकास आयुक्तका रुपमा काम गरेका थिए । अब उनलाई पुनः नियुक्ति दिन पाइने थिएन ।

यसैले विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा ८ जनाले दरखास्त दिएकोमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेर पठाइएको थियो । ढकालसहित डा. श्यामसुन्दर बोहोरा र भुपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस भएको थियो ।

सरकारले नवनारी पत्रिकाकी सम्पादकसमेत रहेकी ढकाललाई नियुक्त गरिदियो । भाइकाजी तिवारीको म्याद थप नगरेर उनको ठाउँमा ढकाललाई नियुक्त गरिएको हो । नवनियुक्त आयुक्त ढकालको माइती झापा हो ।

घरचाहिँ गुल्मी हो । उनको नियुक्तलाई लिएर प्रश्न पनि गर्न शुरु गरिएको छ । कतिपय व्यक्तिहरुले उपत्यकासँग कुनै सम्बन्ध नभएको व्यक्तिलाई राखेको भन्दै सरकारको आलोचना गरेका छन् ।

बाहिरी रिङरोड परियोजनासमेतको नेतृत्व गर्ने प्राधिकरणमा अनुभवहीन व्यक्तिलाई नियुक्त गरिएको भन्दै असन्तुष्टि पोखिएको छ । उनको नियुक्तिमा शहरी विकास मन्त्री प्रभु शाहले नै चासो राखेको बुझिन्छ । सचिव डा. रमेश प्रसाद सिंहले खुबै चाहेर फायल आफूले नै बोकेर हिड्नुभएको थियो उच्च स्रोतले बतायो ।


Last Updated on: May 5th, 2021 at 7:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया