शनिबार ३० आश्विन २०७८

काठमाडौं – मोरङमा बुधबार नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ जिल्ला इञ्चार्ज इञ्चार्ज डिबी सिलवाल अर्थात धनबहादुर विक रहेका छन् । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको मृत्युमा संलग्न डिबीलाई प्रहरीले बुढीगंगा गाउँपालिका-४ औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ । उनलाई प्रहरीले धाकधम्की दिई चन्दा मागिरहेको भन्ने सुचनाका आधारमा पक्राउ गरेको जनाइएको छ ।

गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको निधनमा पनि उनको हात भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो । श्रेष्ठ घाँटीमा चोट लागेको अवस्थामा जंगलमा मृत फेला परेका थिए ।


Last Updated on: January 21st, 2021 at 2:53 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया