सोमबार ०७ आषाढ २०७८

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गरेलगत्तै पोर्टल्याण्डमा उनको पार्टीको कार्यालयमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । प्रदर्शनकारीहरुले आक्रमणका क्रममा पुलिस विरुद्ध र फाँसीवादी नरसंहारको नारा लगाइरहेका थिए । प्रदर्शनपछि सिएटलमा कैयौं गिरफ्तारी भएका छन् । पोर्टल्याण्ड पुलिसले ८ जनालाई इस्तो आरोपमा गिरफ्तार गरिएको बताएको छ । उनीहरुमाथि आपराधिक काम, विध्वंशक उपकरण बोकेको, दंगा र आगजनीको आरोप लगाइएको छ ***

डेमोक्रेटिक पार्टी अफ** ओरेगोनले एक बयान जारी गर्दै भनेको छ ‘यो पहिलो पटक होइन, अघिल्लो वर्ष पनि हाम्रो भवनमा तोडफोड गरिएको छ । पहिलेका घटनामा पनि हामीले महत्वपूर्ण काम गर्यौं । कुनै यस्तो घटनाले हा**मीलाई काम गर्नबाट रोक्न सक्दैन । न्यूयोर्क टाइम्सका अनुसार कालो रंगमा करिब २ **सय प्रदर्शनकारीहरुले पुलिस अधिकारीले गरेको हत्या र फाँसीवादी नरसंहारका लागि सरकार विरोधी नारा लगाए र पोर्टल्याण्डका सडकमा लिएर गए । यस क्रममा उनीहरुले ‘वी डोन्ट वान्ट बाइडेन, वी वान्ट रिभेन्ज (हामी बाइडेन चाहँदैनौं हामी बदला चाहन्छौं) जस्ता नारा लगाएका थिए ।***


Last Updated on: January 21st, 2021 at 3:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया