मंगलबार १९ साउन २०७८

खगाेलका साथै ग्रह,राशि तथा नक्षत्र सम्बन्धि खाेज तथा अनुसन्धानमा लाग्ने हरुका लागि हरेक समयमा हुने तारा तथा नक्षत्र हरुकाे परिवर्तन नै महत्त्वपूर्ण मानिन्छ ।***

पृथ्वीले सूर्यकाे परिक्रमा गरिरहेकाे छ भने सम्पूर्ण ग्रहहरुले आ-आफ्नो स्थानबाट साैर्य परिवाकै परिक्रमा नित्यरुपमा गरिरहेका छन् ।**

परिक्रमा गर्ने क्रममा विभिन्न समयमा फरक फरक अवस्था हरु ब्रह्माण्डमा बनिरहेका हुन्छन् । अरु वर्ष हरुमा बन्ने खगाेलीय अवस्था भन्दा यसपटक माघ महिनामा बन्न लागेकाे ग्रहहरुकाे अवस्था अनाैठौ र दुर्लभ खगाेलीय अवस्था सृजना हुन लागेकाले पनि खगोल सम्बन्धि अध्ययन गर्नेहरुका लागि याे बिशेष र महत्त्वपूर्ण हुने खगाेलविद्हरुले दावी गरेका छन् ।****

के कारणले गर्दा माघ महिना बिशेष बन्दै छ?***

सूर्य घनु राशिबाट मक्करमा माघ १ गते बिहिवार देखि प्रवेश गरे लगत्तै पाँच ग्रहहरुकाे संयुक्तरूपमा मकर राशिमा भेट भएकाे छ । यसरी पाँच ग्रहहरुकाे एउटै राशिमा उत्तरायण हुनेदिन भेटहुनु नै याे एतिहासिक अवस्था हाे । सूर्य,चन्द्रमा,बुध,बृहस्पति र शनि गरि पाँच ओटा ग्रहहरुकाे भेट हुनुलाई ज्याेतिषी हरुका लागि महत्वपूर्ण दिनका रुपमा रहनेछ ।***

फेरि माघ २९ गते ‍औंसीका दिन ६ ‍ओटा ग्रह एउटै राशिमा भेट हुने अवस्थाको सृजना हुन लागेकाे छ । एउटै महिनामा दुई पटक खगाेलीय अवस्था परिवर्तन हुनुलाई यसले ईतिहास रच्ने याेग निर्माण हुने ज्याेतिषीहरुले दावी गरेका छन् । एउटै राशिमा सूर्य,चन्द्रमा,बुध, बृहस्पति,शुक्र तथा शनिग्रह मकर राशिमा भेट हुनुलाई विशेष रुपमा हेरिरहेको छ ।

यस्ता ग्रहहरुकाे याेग निर्माण भएकाे अवस्थामा विशेषगरी देशमा ठूलै एतिहासिक परिवर्तन हुने सम्भावना रहनेछ । कानून बिलियाे हुनुपर्ने भन्दै व्यापक जनदबाब हुनेछ । जनताद्वारा प्राप्त जनमतकाे अस्तित्व बिहिन हुनुका साथै पुरानाे राज्य नीतिले पुन निरन्तरता पाउने देखिएकाे छ ।

६ ओटा ग्रह मकर राशिमा हुनाले पूर्वी तथा दक्षिणी देशहरुकाे बर्चस्व कायम रहने देखिएकाे छ । आज भन्दा ५८ वर्ष अघिपनि यस्तै ग्रहदशा भएकाबेला देशमा ठूलै परिवर्तन भएकाले पुनः २०१७ सालकाे एकतन्त्रीय शासन लागुहुन सक्ने पनि विगतका अनुभव बाट ज्याेतिषीले जानकारी गराएका छन् । १९९० सालमा औंसीका दिन पनि यस्तै ग्रह याेग भएकाे अवस्थामा महाभूकम्प गएकाले सचेत रहन आग्रह गरिएको छ ।

मानिसले कल्पना नगरेकाे राजनिती घटना पुनरावृत्ति हुने सम्भाबना रहेकाे छ । पहेलो धातुमा मुल्यवृद्धि हुनेछ । खाद्यान्न तथा तैलीय पदार्थमा उल्लेख्य मात्रमा मुल्य वृद्धिको सामना गर्नुपर्ने देखिएकाे छ ।


Last Updated on: January 21st, 2021 at 3:21 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया