सोमबार ०७ आषाढ २०७८

*#*भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेका हुन ।

भारतले यसअघि नै नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।
सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज बिहीबार नै काठमाडौं आएको हो ।
खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई धन्यवाद दिए ।
उनले कोरोना संकटको अवस्थामा भारतले गरेको सहयोग सरहानीय रहेको बताए ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताए ।
उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ।


Last Updated on: January 21st, 2021 at 6:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया