सोमबार ०७ आषाढ २०७८

*#*#नेपाली समाजमा अहिले पनि यौन रोगबारेमा खुलेर कुरा राख्न बानी बनिसकेको छैन । शहरी क्षेत्रमा यसबारे खुलेर कुरा गर्नेदेखि चिकित्सककोमा जाने गरे पनि गाउँघरमा भने महिल पुरुष दुवै यसबारे खुल्दैनन् । जस कारण गम्भीर यौन रोगको सिकार हुने गरेका छन् ।

यद्यपि ठूलो संख्यामा यौनजन्य समस्यालाई लिएर अस्पताल जाने भन्दा पनि गुपचुपमै राखेर बस्नेहरु छन् । यौन रोगले बच्चा पनि नहुने समस्या निम्त्याउने भएकाले बेलैमा सचेत रहँदै चिकित्सकलाई देखाउने बानी बसाल्नु आवश्यक छ ।

(के हो यौन रोग र कसरी लाग्छ ?)

यौन रोग भन्नाले यौन सम्पर्कबाट सर्ने रोगलाई बुझाउँछ । साथै यौनाङ्गमा लाग्ने रोगलाई पनि यौन रोग नै भनिन्छ । विशेषगरी असुरक्षित यौन सम्पर्कबाट यौन रोग लाग्ने सम्भावना बढी हुन्छ । यौन रोग लागेकासँग असुरक्षित यौन सम्पर्क गर्दा यो रोग सर्ने सम्भावना प्रवल रहने चिकित्सकहरु बताउँछन् ।

यौनाङ्गमा इन्फेक्सन भएकासँग यौन सम्पर्क गर्दा यौन रोग लाग्ने गर्छ । भाइरस, ब्याक्टेरिया र अरु कारणबाट पनि यौन रोग सर्छ । शारीरिक र मानसिक दुवै कारणले यौन रोग हुने चिकित्सकहरुको भनाइ छ ।।


Last Updated on: January 21st, 2021 at 6:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया