शुक्रबार ०४ आषाढ २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन्।
उनले बिहीबार बेलुका ट्विट गर्दै आफूलाई आईपीएलमा अवसर दिएको भन्दै दिल्ली परिवारलाई आभार प्रकट गरेका हुन्।
उनले लेखेका छन,`आईपीएलले मलाई धेरै कुराहरु दिएको छ। खासगरी टिम दिल्लीले। जसले मलाई विश्वास गर्यो र अवसर दियो।´
दिल्लीले सन्दिपलाई बुधबार तीन वर्षको अनुबन्ध सकिएपछि रिलिज गरेको थियो।
उनीसहित दिल्लीले ६ जना खेलाडीलाई रिलिज गरेको छ। सन्दिपले सम्झनलायक ३ वर्षका लागि दिल्ली परिवारलाई कृतज्ञ भएको समेत बताएका छन्।
उनले पहिलो पिक गर्ने हेमन्त दुवेलाई सम्झेका छन्। सन्दीपले अब नयाँ बाटो प्रसस्त भएको रहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन, ´अब नयाँ यात्रा अगाडि छ।´


Last Updated on: January 21st, 2021 at 6:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया