बुधबार ०९ आषाढ २०७८

काठमाडौं । अचानक विद्युत् चुहिएर आगलागी हुँदा बर्दिबास नगरपालिका–५ बेलडाँडामा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ ।

आाज साँझपख सो बस्तीका रामजी पौडेलका घरमा आगलागी हुँदा चार चौपायासहित धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आगलागीमा परी चार खसीबाख्रा मरेका छन् । यसैगरी घरमा रहेका सुनचाँदीका गहना र रु ९२ हजार सहित १० लाख मूल्यका धनमाल जलेर नष्ट भएको छ ।

नगद सम्पति एवं घरसमेत गरी रु २० लाख बराबरको धनमाल खरानी भएको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले वारुणयन्त्रको मद्दतले नियन्त्रण गरेका छन् ।


Last Updated on: May 8th, 2021 at 9:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया