शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं । कुकुर मानिसको सबैभन्दा वफदार र साँचो मित्र हो । कहिलेकाँही कुकुरले देखाउने व्यवहारले सबैको आँखा रसाउँछ । यस्तै एक दृश्य भारत, बिहार राज्यको गया जिल्लामा देखा परेको छ ।

कुकुरले आफ्नो मालिक्नीप्रति देखाएको भक्ति देखेर मानिसहरू छक्क परेका हुन् । मालिक्नीको मृत्यु पछि, कुकुरले उनको अन्तिम संस्कार गरिएको ठाउँमा बसेर करिब चार दिन बिताएको छ । त्यस समयमा धेरै मानिसहरूले उसलाई हटाउन चाहे तर कुकुरले सबैलाई भुकेर फर्कायो ।

यो घटना जिल्लाको शेरघाटी उपविभाग सत्संग नगरमा देखा परेको हो । त्यहाँ बस्ने भगवान थाथेराकी श्रीमतीको १ मेमा अचानक मृत्यु भयो ।

मृतकको राम मन्दिर घाटमा मोहर नदी नजिकै अन्तिम संस्कार गरियो । कुकुर पनि अन्तिम संस्कारमा परिवारका सदस्यहरूसँगै गएको थियो ।

अन्तिम संस्कार सकिसकेपछि सबै मानिसहरू फर्के तर कुकुर चाँही त्यहीँ बस्यो । ऊ भोक र प्यास नभनेर मालिक्नीको लागि बस्यो ।

स्थानीय व्यक्तिका अनुसार शुरुमा कसैले केही पनि बुझेनन, तर कुकुर लगातार चार दिनसम्म त्यहाँ बसिरहेको देख्दा मानिसहरूले कुकुरले देखाएको प्रेमबारे जानकारी पाएका हुन् ।

स्थानीयका अनुसार कुकुर आफ्नो मालिक्नीको मृत्युले धेरै दुःखी थियो । त्यसकारण उ मालिक्नीको अन्तिम संस्कार भएको स्थानबाट टाढा जान चाहेन् ।

जब केही व्यक्तिले उसलाई त्यहाँबाट हटाउन चाहन्थे, तब उ भुक्न थाल्थ्यो । त्यस पछि केही मानिसहरूले उसको निम्ति खाना ल्याए तर उसले केही खाएन् ।

मृतकले कुकुरलाई पालेकी थिइन् । उनी सधैं कुकुरलाई खाना दिएपछि आफुले खाने गर्थिन् । धेरै चोटि कुकुर अर्को ठाउँमा जाँदा उनी चिन्तित हुन्थिन् ।

घरबाट कुकुर टाढा गए उनी खोजेर ल्याउने गर्थिन् । त्यस कारणले, कुकुरले पनि उसलाई धेरै माया गर्थ्यो । सधैं आफ्नी मालिक्नीसँग हुन्थ्यो ।


Last Updated on: May 9th, 2021 at 6:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया