सोमबार ०७ आषाढ २०७८

बिहीबार कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप बिहीबार मध्यान्ह एयर इन्डियाको विमानमा नेपाल आइपुगेको हो । यो पहिलो चरणमा भारतले उपलब्ध गराएको खोप हो । नेपालका लागि भारतीय राजदूतले विमानस्थलमै नेपाललाई खोप हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा खोप अभियान सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

यस अवधिमा नेपालमा २ लाख ६८ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने १ हजार ९७५ जनाको ज्यान गइसकेको छ । बाँकी सक्रिय संक्रमितको संख्या ६ हजार हाराहारीमा छ । यो बुधबारसम्मको तथ्यांक हो ।

विश्वको तथ्यांक भने अलि डरलाग्दो छ । हाल विश्वभर संक्रमितको संख्या साढे ९ करोड बढी छ । जसमध्ये सवा पाँच करोड निको भएका छन् भने झण्डै २१ लाखले ज्यान गुमाइसकेका छन् ।

खोपको आसा

विश्वमा केही करोड मानिस पुनः गरिबीमा प्रवेश गरेका छन् । जसको यकिन आँकडा आउन बाँकी छ । कोभिड संकटबाट विश्वले व्यापक आर्थिक मन्दी, बेरोजगारी, जलवायु परिवर्तन, प्रविधि र रोजगारीको अटोमेसन, डिजिटल मुद्राको उदय, बचतको प्रतिफलमा गिरावट, असमानता र ऋणमा वृद्धिजस्ता असाधारण परिवर्तनहरू अभूतपूर्व रूपले साक्षात्कार गरिरहेको छ ।

अहिले धेरै देशमा खोप अभियान चलिरहेको छ । छिमेकी चीन र भारतमासमेत यो अभियान जारी छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको एउटा खोपलाई मात्रै आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्सले अक्सफोर्ड यूनिभर्सिटि र एस्ट्रेजेनेकाले निर्माण गरेको खोपका लागि कम्पनीसँग सम्झौता गरिसकेको छ तर उक्त खोपको प्रयोगका लागि डब्ल्यूएचओ अनुमति दिएको छैन । एस्ट्रजेनेकासँग ४० करोड मात्रा खोपको सम्झौता कोभ्याक्सले गरेको जनाइएको छ ।

बेलायतले सबैभन्दा पहिले सर्वसाधारणका लागि खोप प्रयोगको अनुमति दिएको थियो । अक्र्सफोर्ड विश्वविद्यालयले बनाएको ‘कोभ्याक्सिन’ बेलायत सरकारले सर्वसाधारणका लागि प्रयोगको अनुमति दिएको हो । यो सस्तो र प्रभावकारी रहेको दाबी गरिएको छ । तर अमेरिकाले उत्पादन गरेको फाइजर र मोर्डना पनि बेलायतमा धेरैले प्रयोग गरिरहेका छन् ।

यस्तै रुसले ‘स्पुत्निक’ नामको खोप सर्वसाधारणका लागि प्रयोग गरिरहेको छ । यस्तै चीनले ‘सिनोभ्याक’ र ‘सिनोफाम’ खोप परीक्षण गरिरहेको छ । यसबाहेक दक्षिण कोरिया, ब्राजिल, जापान लगायतका मुलुकले पनि कोभिड–१९ खोप उत्पादन गरिरहेका छन् । तर सबै परीक्षणकै क्रममा रहेकाले प्रभावकारी खोप भने बजारमा आउन समय लाग्ने देखिन्छ ।

तर, यसै महिनाभित्र कोरोनाविरुद्धको धेरै खोपहरुलाई डब्ल्यूएचओले आपत्कालिन प्रयोगको लागि अनुमति दिने तयारी गरेको छ । डब्ल्यूएचओले गरिब राष्ट्रहरुलाई दु्रत गतिमा खोप उपलव्ध गराउने उद्धेश्यले यसै हप्ता र महिनामा धेरै खोपहरुलाई प्रयोगको अनुमति दिने योजना बनाएको हो । हाल विश्वमा ५० भन्दा बढी खोपको परीक्षण चलिरहेको छ । आसा गरौं केही दिनमै यी खोपले प्रयोगका लागि अनुमति पाउनेछन् ।

नयाँ भाइरसको चिन्ता

खोप अभियान चलिरहदा विश्वमा नयाँ कोरोना भाइरसको त्रास पनि फैलिएको छ । बेलायतमा देखिएको यो भाइरस नेपालमा पनि प्रवेश गरिसकेको छ । बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूले देखाएका छन् । पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको । नयाँ स्वरुपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड(१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ।

संकटको एक वर्ष, जेखिम कायमै

कोभिड–१९ महामारी संकट आएको एक वर्ष बढी भएको छ । चिनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमण करिब १९१ देश मा फैलिएको छ । यो प्रत्येक महादेशमा समेत पुगिसकेको छ । कोभिड कालको यो एक वर्ष विश्वका लागि निकै कष्टकर रह्यो । प्रकृितकै एउटा सूक्ष्मतम जीवाणुले विश्वका महावलीहरुलाई लाचार बनाएको छ ।

लाखौंले ज्यान गुमाउने बाहेक विश्वले ठूलो जनधनको क्षति ब्यहोर्यो । महिनौं मानिसहरु घरभित्रै थुनिए । विश्वभर करोडौंले दैनिक रोजीरोटी गुमाए । व्यापार,व्यवसाय चौपट भयो । मानव जीवनलाई ठूलो नोक्सानी र्पुयायो र विश्वव्यापी अर्थतन्त्रलाई समेत तहसनहस बनायो । भाइरसले मानिसहरूसँगै स्थानीय बजार र विश्वव्यापी अर्थतन्त्रलाई समेत तहसनहस पारेको छ ।

महामारीले विश्व अर्थतन्त्र कम्तीमा पाँच दशमलव दुई प्रतिशतले संकुचित हुने विश्व बैंकले गत जुनमै प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र शताब्दीकै गहिरो मन्दीमा फसेको छ विश्वभरका ४३ करोड ६० लाख व्यवसाय लकडाउन तथा भाइरस संक्रमणको उच्च मारमा परे । यो संकटका कारण बन्द हुन पुगेका करोडौँ व्यवसाय अब कहिल्यै लयमा नफर्किने चिन्ता छ । विश्वमा केही करोड मानिस पुनः गरिबीमा प्रवेश गरेका छन् । जसको यकिन आँकडा आउन बाँकी छ । कोभिड संकटबाट विश्वले व्यापक आर्थिक मन्दी, बेरोजगारी, जलवायु परिवर्तन, प्रविधि र रोजगारीको अटोमेसन, डिजिटल मुद्राको उदय, बचतको प्रतिफलमा गिरावट, असमानता र ऋणमा वृद्धिजस्ता असाधारण परिवर्तनहरू अभूतपूर्व रूपले साक्षात्कार गरिरहेको छ ।

हाल कोरोनालाई सामान्य रूपमा लिँदै सर्वसाधारणले मास्कसमेत लगाउन छाडेका छन् । स्वास्थ्य मन्त्रालयकाले कोरोनाको उच्च जोखिम कायमै रहेको बताउँदै आएको छ । खेप नलगाउँदासम्म आफू र आफन्त बचाउने जनस्वास्थ्यका मापदण्ड मात्रै हुन् । त्यसैले हिँड्दा, बस्दा र काम गर्दा एकअर्कालाई आशंकामा राखेर दूरी कायम गर्दै मास्क प्रयोग गर्नुपर्छ ।


Last Updated on: January 22nd, 2021 at 6:11 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया