मंगलबार १९ साउन २०७८

काठमाडौँ । त्यसो त हामी फिट रहन दिन*दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ ।
कसिलो बेल्ट बाध्ने * दिनभरी कसिलो बेल्ट लगाइराख्नले पेट पनि कसिलो हुन्छ । यस्तो अवस्थामा खाना पच्ने सही तरिकाले हुन पाउँदैन । यसले एसिडिटी वा कब्ज्यितको समस्या हुनसक्छ ।झुकेर बस्ने * लगातार लामो समय झुकेर घन्टौँ बस्ने गरेमा मांसपेशी खुम्चने हुन्छ । यसरी बस्नाले गर्दन, कम्मर र काँधमा दुखाई हुनसक्छ ।लामो समय गाँडी चलाउँने * बिच–बिचमा ब्रेक नलिई लामे समयसम्म गाडी चलाउँनाले खुट्टामा ‘ब्लड क्लटिंग’ हुन थाल्छ । यसले खुट्टा सुन्निने समस्या हुन सक्छ । प्रत्येक दुई घन्टामा ब्रेक लिनुहोस् ।
ब्याग बोक्ने * दिनभरि काँधमा झोला राखेर हिड्नाले काँधमा रक्त प्रवाह सही तरिकाले हुन पाउँदैन । यसले काँधमा दुखाइको समस्या हुनसक्छ ।


Last Updated on: January 22nd, 2021 at 2:56 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया