मंगलबार ०८ आषाढ २०७८

एजेन्सी- कोरोनाभाइरसका कारण लकडाउन भएपछि बाहिरी क्षेत्रमा चहलपहल ह्वात्तै घटेको छ ।

मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घटना भएको छ ***

एम्बुलेन्समा गर्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो ***

२० मेको रात करिब १० बजेर २० मिनेटको समयमा गडढाको भाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो । महिलाले पीडाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे ****

एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । यी बाघहरु एम्बुलेन्सको बाटो रोकेर बसेको देखिएको थियो ****

बाघलाई बाटोबाट हटाउन कसैले हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो ****

अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै हिम्मत गरेर महिलालाई सुत्केरी गराए । महिलाले छोरी जन्माइन् । यो पूरै घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे **

२० मिनेटपछि बच्ची जन्मिएपछि बल्ल बाघले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिका स्वस्थ्य अवस्था अहिले सामान्य छ ****


Last Updated on: January 22nd, 2021 at 4:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया