सोमबार ०७ आषाढ २०७८

*#*पहिलोपटक गर्भवती हुनु महिलाका लागि निकै ठूलो कुरा हो। पहिलो गर्भ छँदा महिलालाई खुसी र खतरा दुवै हुन सक्छ।
यतिवेला सन्तुलित भोजन आवश्यक हुन्छ। तर, कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि खतरा हुन सक्छ। यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ।
यस्ता खानाले गर्भ तुहिने समेत खतरा हुन सक्छः
तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ। तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ।गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन। यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ। जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ।नेपालमा चाइनिज खाना निकै प्रचलित छ। तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ। यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ।


Last Updated on: January 22nd, 2021 at 8:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया