बिहिबार १० आषाढ २०७८

राति सुत्दा कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन्।
तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।
(यस्ता छन् पैतला पोल्नुका कारण)
*.शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।
**.उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।
***.मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।


Last Updated on: January 23rd, 2021 at 9:41 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया