मंगलबार ०८ आषाढ २०७८

*#* चर्चित गायक तथा मोडल प्रकाश सपुतको चलचित्र ‘परदेशी २’ को छायांकन सकिएको छ ।कोरोनाभाइरसको कारण बीचमै छायांकन राकिएको यस चलचित्रको बाकीँ छायांकन गएको महिनाबाट शुरु गरिएको थियो । यस चलचित्रको छयांकन अमेरिका- भारत र नेपालका विभिन्न क्षेत्रमा गरिएको छ ।हालै यस चलचित्रको प्रदर्शन मिती को बारेमा पनि जानकारी गराइएको छ । निर्देशक नारायण रायमाझीका अनुसार यस चलचित्र २०७८ को दसैंमा प्रदर्शन हुने भएको छ । यस चलचित्रमा प्रकाश र वर्षा सिवाकोटीसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । यस चलचित्र दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।


Last Updated on: January 23rd, 2021 at 3:25 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया