आइतबार ३० जेठ २०७८

*#*बाघले घिसारेर लगेको आशंकामा पर्सा राष्ट्रिय निकुञ्जमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोली एक जना बटुवाको खोजीमा लागेको छ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज-पथलैया सडकखण्डबाट बाघले लगेको खबर पाएपछि खोजी भइरहेको हो।प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न पूर्व-पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए।त्यसक्रममा उनलाई बाघले घिसारेर लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी छिन्। यो बारा जितपुर-सिमरा उपमहानगरपालिका-२१ मा पर्छ।‘पर्साकी ती महिलाले बाघले आक्रमण गरी घिसारेर जंगलतर्फ लगेको भनी हुलियासहित विवरण दिएपछि खोजी थालिएको हो,’ मिश्रले सेतोपाटीसँग भने।गाडीबाट ओर्लिएपछि आफूले त्यस्तो दृश्य देखेको भनी महिलाले प्रहरीलाई खबर गरेको मिश्रले बताए।****महिलाको सूचनाका आधारमा प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीले जंगलमा खोजी गरिरहेको भए पनि फेला पार्न नसकिएको मिश्रले बताए। ‘चार वटा हात्तीसहित सेना, निकुञ्ज र प्रहरीको टोलीले खोजी गरिरहे पनि फेला पार्न सकिएको छैन,’ उनले भने।******पूर्व-पश्चिम राजमार्गबाट दक्षिणतर्फ ती बटुवालाई बाघले लगेको महिलाले बताएकी थिइन्।


Last Updated on: January 23rd, 2021 at 4:30 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया