शुक्रबार ०४ आषाढ २०७८

नायिका मनिषा कोइरालाले विरगञ्जको नारायणी अस्पतालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् । कोरोनाका संक्रमितहरुलाई अक्सिन, भेन्टिलेटर लगायको अभाब भएको खबर सार्वजनिक भैरहेको समयमा कलाकारहरु पनि सहयोगमा जुटेका छन् ।

यही क्रममा मनिषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । मनिषाले यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

नायिका मनिषा कोइरालाले कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उल्लेख गरेकी छिन् । नेपालका केही कलाकारहरु दोश्रो चरणको कोरोना लहरपछि सक्रिय रुपमा सहयोगमा जुटिरहेका छन् ।


Last Updated on: May 28th, 2021 at 12:14 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया