शनिबार १८ मंसिर २०७८

*#*नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताविरूद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन्।रोल्पाको होलेरीमा आयोजित कार्यक्रममा बोल्दै पुनले ओलीको जालसाजी, षड्यन्त्र, धाँधली र तिकडममा सहयोगीको भूमिका नखेल्न राष्ट्रपतिलाई आग्रह गरे।‘देशको अभिभावकका रूपमा निर्वाचित जनताको छोरी राष्ट्रपतिका रूपमा बस्नुभएको छ’, उनले भने ‘के राष्ट्रपति प्रधानमन्त्रीका गल्तीहरू, अपराधहरू छोप्ने (संस्था) हो ? त्यो रूपमा सेटिङमा चल्न दिन्छ संविधानले ? के राजनीतिक नैतिकताले मिल्छ ?**प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा बुझाएको जवाफमा प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा लेखेको पत्रमा संविधानको धारा, उपधारा उल्लेख नगरेको पाइएको तर,**** राष्ट्रपतिले संसद विघटन सदर गरेको पत्रमा संविधानको धारा ७६ (१), धारा (८५) उल्लेख गरेको चर्चा गर्दै पुनले राष्ट्रपतिको भूमिका सन्देहात्मक देखिएको उल्लेख गरे।


Last Updated on: January 23rd, 2021 at 7:32 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया