मंगलबार ०८ आषाढ २०७८

*#*#मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।राम्रासँग नसुत्नु
करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ ।*#*#धुम्रपानको प्रयोग
सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।*#*#कफिको अधिकतम प्रयोग
धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।


Last Updated on: January 23rd, 2021 at 8:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया