शुक्रबार ०४ आषाढ २०७८

मानिसहरू सपना देख्छन्, कहिले राम्रो त कहिले डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छ र ब्युँझन्छन्। तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि यस्ता सपना देखिन सक्छन्। अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए।

६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो। अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो।

ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ । यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’

सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ। यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ।

१) खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उत्त सपनाको असर समाप्त हुन्छ।

२) अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।

बिष्णु नारायणं कृष्णंस् माधवं मधुसुदनमं

हरि नरहरि राम गोविन्द दधिवामनमं ।।

३) भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां।
हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

४) निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

५) खराब सपनाको अशुभ फल नाश गर्न विहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ।


Last Updated on: June 10th, 2021 at 5:39 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया