आइतबार १७ साउन २०७८

सामाजिक सञ्जालमा अहिले एक प्रदेश सभा सांसदले प्रहरीलाई धम्काउदै गरेको भिडिओ चर्चामा छ। सांसदले धम्काए पनि प्रहरी इन्स्पेक्टर पछि हटेका छैनन् बरु आटँ भए कारबाही गरेर देखाउन हाँक दिइरहेका छन्।

प्रहरीलाई धम्काउने व्यक्ति हुन् नेपाली कांग्रेस तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य एवं कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ। स्याङ्गजाबाट प्रतिनिधित्व गर्ने उनलाई जबर्जस्त प्रतिवाद गर्ने प्रहरी इन्स्पेक्टर हुन् श्याम थापा मगर। प्रहरीको बैदाम बिटमा कार्यरत उनको अहिले सामाजिक सञ्जालमा खुलेर प्रशंसा भइरहेको छ।

भिडिओमा इन्स्पेक्टर थापासँग उनको चर्काचर्की परेको छ।

सांसद श्रेष्ठले ‘तपाईको हिसाब किताब हुन्छ’ भनेका छन्।

‘हुन्छ सर, म श्याम थापा मगर। बैदाममा कार्यरत छु है म सर,’ इन्स्पेक्टर थापा भन्छन्।

त्यसपछि केही टाढा पुगिसकेका श्रेष्ठ फर्केर आएर, ‘फुर्ती नछाटम,’ भन्दै झर्किन्छन्।

‘फुर्ति छाटेको होइन। हजुरले हिसाब किताब भन्नु भयो। त्यसैले नाम बताइदिएको। नाम श्याम थापा मगर,’ इन्स्पेक्टर थापा जवाफ फर्काउछन्।


Last Updated on: June 13th, 2021 at 4:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया