आइतबार १७ साउन २०७८

अब म फर्किने समय आएको महशुस भयो:- राजा ज्ञानेन्द्र ” देशवासीको नाममा राजा ज्ञानेन्द्रको सम्बोधन हेेेर्नुहोस ।

राजा ज्ञानेन्द्र शाहले जनताले चाहे शासन सत्ता आफ्नो हातमा लिने जनाउ दिनु भएको छ। फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई बक्सेकाे विशेष सन्देश भन्दै भाइरल भइरहेको विज्ञप्तीमा शाहले ‘देशले मागेको सहयोग’ गर्न सम्पूर्ण देशवासीलाई अपिल गर्नु भएको छ।विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा सबै मित्र, सहयोगी तथा शुभचिन्तकहरुलाई आफ्ना व्यक्तिगत तुष्टी पूर्वाग्रह र अनावश्यक शंका र उपशंका गर्न बाट टाढा नै रही ‘देशले मागेको सहयोग गर्न’ म सबैमा विनम्रता पुर्वक अनुरोध गर्दछु।

’शाहले अहिले सम्पूर्ण नेपालीमा देशभक्ति प्रदर्शन गर्ने चुनौती आएको बताउनु भएको छ। ‘केहि प्रश्नहरु भए तपाईहरुले छातीमा हात राखेर आफ्नो मनलाई सोध्ने, र अरुका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ। अब तपाईहरु समक्ष आफ्नो देश भक्ति प्रदर्शन गर्न चुनौती आएको छ।’


Last Updated on: June 13th, 2021 at 8:11 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया