मंगलबार ०८ आषाढ २०७८

*#*’इटालियन सिरि ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको एसी मिलान पराजित भएको छ। शनिबार भएको खेलमा मिलानलाई एटलान्टाले ३-० गोलले पराजित गरेको हो।
खेलको २६ मिनेटमा रोमेरोको गोलबाट एटलान्टाले अग्रता लियो। ५३ मिनेटमा एटलान्टाले, पेनाल्टी पायो। प्राप्त अवसरमा इलिकिकले गोल गरे। ७७, मिनेटमा जपाटाले एटलान्टाका लागि तेस्रो गोल गरे। यता एसी मिलानसँग अंक बराबरी गर्ने अवसर इन्टर मिलानले गुमाएको छ। इन्टर मिलानलाई उडिनेसेले गोलरहित बराबरीमा रोकियो।अंक तालिकाको शीर्ष स्थानमा रहेको एसी मिलानको १९, खेलबाट ४३, अंक छ।इन्टर मिलानको समान खेलबाट ४१, अंक छ। रोमा १९, खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।


Last Updated on: January 24th, 2021 at 9:14 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया