आइतबार १७ साउन २०७८

उखु, खजुर, ताड आदिको रस पकाएर जमाइएको, रासायनिक पदार्थद्वारा प्रशोधन नभएको बुको वा डल्लो गुलियो पदार्थ, सखर हो। सख्खरका विभिन्न फाइदाहरु छन्। कफ र खोकीको समस्या, ज्वरो जस्ता समस्या देखिएमा सख्खरको सेवन निकै लाभदायिक हुन्छ। आज हामी तपाईलाई सखरका विभिन्न फाइदाका बारेमा जानकारी दिदै छौँ।
जानौं सख्खरका फाइदाः

कफ र खोकी लागेको रोगमा
१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ।

कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १्१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।

हात्ती पाइले रोगमा
गौत ( गाईको पिसाब )आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान्बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ।

ज्वरो आएमा
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ।

खोकी र दममा
सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १ चम्चा बिहान्बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ। औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ।

पेट दुखेमा
भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ।

घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहानरबेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ।

मलेरिया ज्वरो आएमा
भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १र१ गोली २र२ घण्टामा खाने गरेमा ठीक हुन्छ।

काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुईरदुई गोली बिहानरदिउँसोरबेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ।

औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ।


Last Updated on: June 18th, 2021 at 12:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया