आइतबार १७ साउन २०७८

काठमाडौँ | मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ | लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले बस्न खान दिरहेको छैन | करिब २-३ हजार मानिसहरु यस पानीले प्रभावित भएका छन् भने धेरै घरहरु बिस्थापित हुन पुगेका छन् | मेलाम्चिदेखी बाजुरासम्म र चितवन देखि गुल्मीको रिडी कालिगण्डकीसम्म अहिले भेल बगिरहेका छन् |

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृ’त्यु भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । हेर्नुस आज कल्पना दाहाल पनि त्यस ठाउमा पुगेकी छिन –


Last Updated on: June 18th, 2021 at 12:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया