आइतबार १७ साउन २०७८

काठमाडौँ । बलिउड चर्चित नायक सुनील शेट्टी नेपाली फिल्ममा खेल्नका लागि राजी भएका छन् । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९(लेभल १’मा सुनिलले भिलेनको रुपमा अभिनय गर्न लागेको बताइएको छ ।

चलचिका निर्देशकका अनुसार करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको र छिट्टै नै कागजी सम्झौता गर्ने तयारी गरिएको छ । जसमा उनले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा हप्ता १० दिनमा उनको सिन सकिने हुँदा ४० लाख भन्दा बढी पारिश्रमिक दिन सहमती भइसकेको बताइइएको छ ।

जसमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिँदैछन् । तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । अनमोललाई ७५ लाख पारिश्रमिक देखि मल्टीकास्ट सम्मको सुविधा निर्माण यूनिटले दिन तयार भएको बताइन्छ ।

फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । फिल्ममा सुनिल र अनमोलका अलावा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने निर्माण पक्षको दाबी रहेको छ ।

यो चलचित्रको छायांकन नेपाल, भारत र यूरोपका विभिन्न देशमा गर्ने तयारी गरिएको छ। चलचित्रका लागि नायक अनमोल केसीलाई पनि अफर गरिएको छ। चलचित्रको शीर्ष भूमिकामा अनमोललाई अफर गरिएको र उनी पनि काम गर्न तयार रहेको निर्देशक भट्टले जानकारी दिए।


Last Updated on: June 18th, 2021 at 1:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया