आइतबार १७ साउन २०७८

काठमाडौं, असार २ : सरकारले असार २५ गतेसम्म कर तिर्ने समय दिएको छ। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै कर विवरण तथा कर दाखिला गर्न असार २५ गतेसम्मको म्याद दिएको हो।

विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ । सर्वोच्च अदालतले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो ।

यस्तो छ आन्तरिक राजस्व कार्यालयको सूचना


Last Updated on: June 18th, 2021 at 3:37 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया