बुधबार ०३ कार्तिक २०७८

यदि आकाश खुल्ला भएको रातमा बत्तीहरुबाट टाढा गएर हेर्ने हो भने त्यहाँ मुश्किलले एक लामो र अस्पष्ट गोलो धब्बाको नक्षत्र देखिन्छ । त्यो एन्ड्रोमेडा आकाशगंगा हो ।

एन्ड्रोमेडा आकाशगंगा (एम३१) सौर्यमण्डल रहेको मिल्की वे आकाशगंगाको नजिक छ । यो हाम्रो आकाशगंगाबाट २५ लाख प्रकाश वर्ष टाढा रहेको छ ।
केही अनुमानहरुद्धारा एन्ड्रोमेडा आकाशगंगामा लगभग १० खरब ताराहरुको समावेश रहेको रेर्कड एस्ट्रोनोमी डट कममा प्रकाशित गरिएको थियो । यो आकाशगंगा २० लाख प्रकाश वर्ष भन्दा बढी व्यासमा तन्किन्छ ।

एन्ड्रोमेडा आकाशगंगा हाम्रो आकाशगंगा भन्दा उल्लेखनीय रुपले ठुलो छ जो १५ लाख प्रकाश वर्षले ठुलो भएको खगोलशास्त्रीहरुले अनुमान गरेका छन् । खगोलशास्त्रीहरु एन्ड्रोमेडा आकाशगंगाका ताराहरुको वास्तविक संख्या पत्ता लगाउन संघर्ष गरिरहेका छन् ।, हाम्रो आकाशगंगामा एन्ड्रोमेडा आकाशगंगाको करिब आधा चौथाई ताराहरु देखिन्छन् ।


Last Updated on: January 24th, 2021 at 3:20 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया