आइतबार १७ साउन २०७८

भारतमा अनौठा किसिमका विषयवस्तु प्रायः दिन्दिनै भाइरल हुने गरेका छन्। ठूलो जनसंख्या रहेको यो देशमा केही न केही घटना भइरहन्छन्। प्रकृति र मानवको अनौठो लीला चलिरहन्छ। त्यस्तै एउटा विषय अहिले भारतीय सञ्चारमाध्यममा भाइरल बनेका छ।

भारतमा एउटा दुर्लभ र अनौठो बाछो जन्मिएको छ। उत्तर प्रदेशमा दुईवटा टाउको जोडिएको बाछो जन्मिएको नवभारत टाइम्सले समाचारमा उल्लेख गरिएको छ। उक्त बाछोको चारवटा आँखा, दुईवटा मुख र दुईवटा कान भएको समाचारमा उल्लेख गरिएको छ।

चन्दौली जिल्लाका एक किसानले पालेको गाईले अनौठो बाछो पाएको हो। किसान अरविन्द यादवको गाईले आइतबार यस्तो अचम्मको बाछो जन्माएको हो। हिन्दु धर्ममा आस्था राख्नेहरूले गाइलाई भगवान मान्छन्। यो अचम्मको बाछो भगवानको चमत्कारको कारण जन्मिएको बताउँदै यतिबेला त्यसलाई हेर्न आउनेको भीड लाग्ने गरेको छ।

तर, भेटेरिनेरीसँग सम्बन्धित चिकित्सकहरूले भ्रुणको विकासमा समस्या आएका कारण त्यस्तो बाछो जन्मिएको बताएका छन्। भ्रुणको विकासमा क्रममा आउने विभिन्न किसिमको उतारचढावकै कारण फरक प्रकृतिका जीवको जन्म हुने चिकित्सकहरूको भनाई छ। जे होस्, अहिले कृषक यादवको घरमा सर्वसाधारणको भीड लागेको छ। कतिपयले भगवानको अवतारका रुपमा पूजा गरेका छन्।


Last Updated on: June 20th, 2021 at 6:31 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया