मंगलबार ०८ आषाढ २०७८

काठमाडौं – चर्चित गायक तथा मोडल दुर्गेश थापा बुबा बनेका छन् । आइतबार सामाजिक सञ्जाल फसबुकमार्फत गायक थापाले आफु बुबा बनेको जानकारी गराएका हुन् ।

प्राची लामासँग प्रेम विवाह गरेका थापाले आफु बुबा बनेको भन्दै फेसबुकमा तस्बिर शेयर गरेका छन् । उनले “नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ” लेख्दै प्राचीलाई पनि ट्याग गरेका छन् ।

उनले शेयर गरेको पोष्टमा धेरैले बधाई तथा शुभकामना दिएका छन् । धेरै शुभचिन्तकहरूले विवाह नगरी कसरी बुबा भन्दै चकित पर्दै कमेन्ट गरेका छन् ।

केही समयअघि पनि दुर्गेशले आफ्नी प्रेमिका प्राचीलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका थिए । बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश लोकप्रिय गायकको रुपमा परिचित छन् ।


Last Updated on: January 24th, 2021 at 4:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया