आइतबार १७ साउन २०७८

काठमाडौं । जातका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् ।उनी बुधबार दिउँसो रिहाई भएकी हुन् । उनको रिहाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु’द्दा अदालतमा नलिई रि’हा गरिदिएको जानकारी दिनुभयाे ।सुना’रले घरभाडा माग्न जाँदा जा’तीय वि’भेद गरेको भन्दै उजु’री दिएपछि प्रधान आइतबार प’क्राउ परेकी थिइन् ।

यो पनि : काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ क्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृ त्यु हुनेमा २४ वर्षीया लक्ष्मी परियार रहेकी छन् । बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने लक्ष्मकिो ज्या न गएको हो ।

दुर्घट नामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्ुयु भएको हो । दुर्घ टनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ।

उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घ टना लगत्तै बस र चालक पुर्णहरी खत्रीलाई प्रहरीले नियन्त्र णमा लिएको छ ।


Last Updated on: June 23rd, 2021 at 3:51 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया