आइतबार १७ साउन २०७८

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिलाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान गर्ने क्रममा उनि पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

गत मंगलबार दक्षिणकालीको एक शौचालयबाट उनको शव बरामद गरेको थियो । पहिचान गर्ने क्रममा उनि सन्तोषी सुब्बा भएको पुष्टि भएको हो । टाउकोमा गह्रुँगो वस्तुले हि.र्काएको र अनुहार क्ष.तवि.क्षत भएको अवस्थामा शव फेला परेको थियो ।ह.त्याको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: June 23rd, 2021 at 6:28 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया