आइतबार १७ साउन २०७८

भक्तपुर क्यान्सर अस्पतालमा प्यालिएटिभ केयर (दुखाइ कम गर्ने) सेवाको सुरुवात गर्ने डा‍. चाँदनी वैद्य श्रेष्ठको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।

उनका आफन्त समेत रहेका प्रसुति गृह थापाथलीका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठकाअनुसार ‘डा. चाँदनीमा १५ वर्षदेखि ब्रेस्ट क्यान्सरको समस्या थियो । पछिल्लो समय उनको क्यान्सर सर्दै गएर कलेजोमा असर गरेको थियो ।

‘उहाँ पछिल्लो समय घरमै उपचाररत हुनुहुन्थ्यो,’ डा. श्रेष्ठले भने, ‘आज विहान इमर्जेन्सीमा शिक्षण अस्पताल लगिएको थियो । सोही क्रममा निधन भएको हो ।

डा. वैद्य १३ वर्षदेखि भक्तपुरमा क्यान्सर अस्पतालमा कार्यरत थिइन् । त्यसअघि उनले वीर अस्पतालको नेफ्रोलोजी विभागका रहेर सेवा गरेकी थिइन् । त्यसपछि केही समय उनी भक्तपुरको सिद्धि स्मृति अस्पतालमा समेत काम गरिन् । पछिल्लो समय उनी भक्तपुर क्यान्सर अस्पतालको पल्लीयटीभ केयरको इन्चार्ज थिइन् ।


Last Updated on: June 23rd, 2021 at 8:29 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया