सोमबार ०७ आषाढ २०७८

*#*मुलुक राजनीतिक संक्रमणकालीन अवस्थामा रहेको छ । नेताहरुले राष्ट्रिय, मूल एजेण्डाबाट विमुख भएर आरोप प्रत्यारोपमा उत्रिएका छन् । नेताहरुका अभिव्यक्ति सुन्दा आफूमात्रै ठीक अरु सबै मुलुक र जनताविरोधी हुन् भन्ने आसय बुझिन्छ । गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपाको एक समूह सरकारको नेतृत्व गरिरहेको छ भने अर्काे समूह सडक संघर्षमा होमिएको छ । एउटै पार्टी सरकार पक्ष र विपक्षीको भूमिका निभाइरहेको छ । दुवै पक्षका शीर्ष नेताहरु एकअर्काको चरित्र खुइल्याउने गरी अभिव्यक्ति दिइरहेका छन् । नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा, विभाजित भएको छ । ओली समूहका नेता तथा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका नेताहरु ****अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल एकअर्का विरुद्ध अभिव्यक्ति दिइरहेका छन् । ओली र प्रचण्डले सम्झिएका को हुन् कालीबहादुर खाम ? ओली र प्रचण्डले सम्झिएका को हुन् कालीबहादुर खाम ? उनीहरुले एकअर्कालाई देश र जनता विरोधी कित्ता उभ्याइरहेका छन् । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार ****कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको आरोप लगाए । प्रतिनिधि सभा विघटनविरुद्ध चर्काे आवाजमा प्रचण्ड–नेपाल समूहले विरोध गरिरहेको छ । यही बेला आइतबार ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’गत शुक्रबार काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गरेका पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ओलीले देश र जनताको भावनाविपरित प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । आफूहरुले ओलीलाई सुधार्ने प्रयासले सफलता नपाएको भन्दै प्रचण्डसहित सो समूहका नेताहरुले ओलीसहित ओली समूहका नेताहरुलाई जनविरोधी नेताको रुपमा चित्रित गरे । मुलुक र पार्टीको जिम्मेवारी सम्हालिसकेका दुवै समूहका नेताहरुले एक अर्कालाई राष्ट्र र जनता विरोधीको रुपमा आरोप लगाइरहेका छन् । उनीहरुको अभिव्यक्तिअनुसार ओली – प्रचण्ड देश र जनता विरोधी हुन् । प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री भएका र भइसकेका नेताहरुको सो आरोपलाई जनताले कसरी लिने ? के साँच्चै उनीहरु देश र जनता विरोधी हुन् ? वा दुवै नेता देश र जनता भक्ति हुन् ?


Last Updated on: January 24th, 2021 at 6:05 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया