सोमबार ३१ जेठ २०७८

बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समय फिल्म ‘बच्चन पाण्डे’ को कारणले चर्चामा छन् । अहिले फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अक्षयले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ ।यो चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ ।

फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ ।

नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा रिलिज भएका बलिउड चलचित्रले राम्रो कलेक्शन गरेका उदाहरण यसअगाडि पनि छन् ।

अक्षयको यो गेटअपले दर्शकमाझ कौतहुलता जगाएको छ । नायक अक्षय कुमारको ‘बेल बटम, रक्षा बन्धन’ लगायतका चलचित्र पनि रिलिजको क्रममा छन् ।

उनको यो रुपलाई फ्यानहरुदले खुब राम्रो भनेर कमेन्ट गरिरहेका छन् ।


Last Updated on: January 24th, 2021 at 6:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया